एमाले भन्छ – सुदूरपश्चिम सरकारमा सहभागी हुने वातावरण बनेन

एमाले भन्छ – सुदूरपश्चिम सरकारमा सहभागी हुने वातावरण बनेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारमा पार्टी सहभागी बन्ने वातावरण निर्माण नभएको बताएको छ ।

प्रदेश संसदीय दलका नेता पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज धनगढीमा पत्रकार सम्मेलन गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकारमा आफूहरु सहभागी हुने वातवरण बन्न नसकेको बताएका हुन् ।

रावलले भने, ‘हामी सरकारमा सहभागी हुने वातावरण बनेको छैन ।’

समाजवादीका नेता सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिएको एमालले तत्काल सरकारमा भने नजाने निर्णय पहिले नै गरिसकेको छ । एमालेले यो निर्णय परिवर्तन नगर्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा पेस गरेको नीति तथा कार्यक्रमप्रति भने आफूहरुको स्वामित्व रहेको बताउँदै नेता रावलले बताए ।

बजेट कस्तो ल्याउने भन्नेबारे भने आफूहरूले दबाब दिइरहेको रावलले बताए । ‘अब बजेट कस्तो आउँछ त्यसका लागि दबाब बनाउँदैछौँ,’ रावलले भने ।