लुम्बिनी प्रदेश सरकार विस्तार, कृष्णा केसीलाई ऊर्जामन्त्रीको जिम्मेवारी

लुम्बिनी प्रदेश सरकार विस्तार, कृष्णा केसीलाई ऊर्जामन्त्रीको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रदेश सरकार विस्तार गर्दै मुख्यमन्त्री जोखबहादुर महराले सांसद कृष्णा केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी दिएका छन् ।

नवनियुक्त मन्त्री केसी नेकपा माओवादी केन्द्रबाट बाँके निर्वाचन क्षेत्र नम्बर १(१) की प्रदेशसभा सदस्य हुन् ।

चैत २३ गते मुख्यमन्त्री बनेका महराले वैशाख १२ गते मन्त्रिपरिषद् विस्तार गर्दा ऊर्जा मन्त्रालय आफैंसँग राखेका थिए । केसीले सोमबार नै प्रदेश प्रमुखमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

लुम्बिनी सरकारमा एमालेबाट आर्थिक मामिला मन्त्रीसहित ५, माओवादीबाट मुख्यमन्त्रीसहित ३, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबाट १/१ मन्त्री छन् । १ जना स्वतन्त्र सांसदलाई पनि मन्त्री बनाइएको छ ।