अनलाइनमार्फत ठगी गरेको अभियोगमा १ जना पक्राउ

अनलाइनमार्फत ठगी गरेको अभियोगमा १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका–९ घर भई काठमाण्डुको मित्रनगर बस्ने २१ वर्षीय विरबल घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितलाई आइफोन, घडी, लेडिज ब्याग, सुनका गरगहना, डलर सहितको लगेज कुरियर मार्फत पठाएको छु भनि कस्टम चार्ज, एण्टी मनी लाउन्डरिङ जस्ता प्रयोजनमा चार्जको लागि रकम लाग्छ भनी बैंक खातामा १६ लाख ६२ हजार रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले काठमाण्डुको बानेश्वरबाट पक्राउ गरेको छ ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।