उच्च मनोबलका साथ खेलमा सहभागी हुन नेपाली टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना

उच्च मनोबलका साथ खेलमा सहभागी हुन नेपाली टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले टी-२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन् ।

राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टिमका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् ।

राष्ट्रपति पौडेलले नेपाली खेलाडीको साथमा सम्पूर्ण नेपाली रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । उनले नेपालले खेल्ने खेल सम्पूर्ण नेपाली विश्वभर जहाँ भएपनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरेका छन् ।