लमजुङको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प

लमजुङको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- लमजुङ जिल्लाको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताजेगाउँ आसपास केन्द्रविन्दु भएर तीन दशमलव सात रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत चैत ४ गते रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।