गोदावरी नगरपालिकाका प्रमुख महर्जन, उपप्रमुख अधिकारीसहित चार प्रशासकीय अधिकृत निलम्बित

गोदावरी नगरपालिकाका प्रमुख महर्जन, उपप्रमुख अधिकारीसहित चार प्रशासकीय अधिकृत निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी तथा ४ प्रशासकीय अधिकृतसहितका ९ जना एकै पटक निलम्बित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार स्थानीय तहमा भएको भ्रष्टाचार मध्येको ठुलो बिगो र गोदावरी नगरपालिकाका प्रमुख, उपप्रमुखसहित पाँच वर्षमा जिम्मेवारी पाएका सबै प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेपछि उनीहरू सबै निलम्बनमा परेका हुन् । उनीहरू सोमबारबाटै निलम्बनमा परेका छन् ।

५ वर्षमा नगरपालिकामा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका थिए । अख्तियारले भ्रष्टाचार मुद्दामा सबैलाई प्रतिवादी कायम गर्दै मुद्धा दायर गरेको छ । यो अवधिमा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा विश्वराज मरासेनी, कृष्णप्रसाद जैसी, वीरेन्द्रदेव भारती र प्रवीन कोइरालाले जिम्मेवारी संहालेका थिए ।

अख्तियारले विशेष अदालतमा सोमबार १ अर्ब ४ करोड भन्दा बढी घोटाला भएको भन्दै पाँच थान मुद्दा दायर गरेको छ । मुद्दामा अलग अलग राजश्वको हिसाब गरिएको र नोक्सान निकालिएको छ।

कानुनले तोकेभन्दा कम दरमा राजश्व उठाउँदा राज्यले ठुलो राजस्व गुमाएको पाइएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ। ५ वर्षमा १ अर्ब ४ करोडभन्दा बढी रकम स्थानीय जनप्रतिनिधि, कर्मचारी र क्रसर उद्योगको मिलेमतोमा राजश्व घोटाला भएको र राज्य कोषमा दाखिल हुनुपर्ने रकम नोक्सान भएको दाबी गरेको छ। अख्तियारले उनीहरूसँग राज्यलाई नोक्सान भएको रकम बराबरको बिगो, बिगोको दोब्बर जरिवाना र भ्रष्टाचार निवारण ऐन अनुसार हदसम्मको कैद जरिवाना हुनुपर्ने माग गरेको छ।

प्रमुख र उपप्रमुख दुवै नभएपछि यस रिक्ततामा अब नगरपालिका कसरी चल्छ भन्ने अर्को प्रश्न उब्जिएको छ । अहिले नगरपालिका प्रमुख, उपप्रमुख ,लेखालगायतका शाखा तत्कालका लागि रिक्त भएका छन् ।

राजस्व परामर्श समितिका सदस्य–सचिव (लेखा शाखा प्रमुख)का रूपमा यमलाल बेल्वासे, श्रीराम आचार्य र श्रीकण्ठ घिमिरेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएकोले उनीहरू पनि निलम्बनमा परेका छन् ।

अख्तियार उक्त क्षेत्रमा क्रसर सञ्चालन गर्ने क्रसर उद्योगहरूमा सप्तपथ निर्माण कम्पनी र सञ्चालक मदन केसी, निराकार ढुङ्गा रोडा उद्योग र सञ्चालक मधुसूदन डोटेल, मछिन्द्रनाथ मल्टिपर्पोज र सञ्चालक केदारनाथ तिमल्सेना, सजिलो रोडा ढुङ्गा उद्योग र सञ्चालक शशिराज शाही, वीरेन्द्र महर्जन ढुङ्गा उद्योग र सञ्चालक वीरेन्द्र महर्जन, माली निर्माण सेवा र सञ्चालक प्रकाश माली र कर्मा कन्सट्रक्सन तथा सञ्चालक रवि महर्जनविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।