काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीबाट मधेश प्रदेश सरकारमा रहेका २ मन्त्रीले राजीनामा बुझाउन जाँदा मुख्यमन्त्री सरोजकुमार यादव भेटिएनन् ।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले मधेश सरकारबाट बाहिरिने निर्णय गरेसँगै मन्त्रीहरू राजीनामा बुझाउन गएका थिए ।
एकीकृत समाजवादीको तर्फबाट मन्त्री रहेका मन्त्रीहरु गोविन्द न्यौपाने र बेची लुङ्गेली राजीनामा बुझाउन जाँदा मुख्यमन्त्री यादव नभेटिएपछि सचिवालयमा राजीनामा पत्र छाडेर फर्किएका छन् ।
एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि बुधबार विश्वासको मत लिन लागेका मुख्यमन्त्री यादव संकटमा परेका छन् ।




प्रतिक्रिया