काठमाण्डु – सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ ।
दिउँसो २ बजे सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा एमाले सांसद सूर्य थापा संयोजकत्वको समितिको बैठक बस्न लागेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
सहकारीको बचल अपचलनमा उपप्रधानमन्त्री थतथा गृहमन्त्री रवि लामिछानेको पनि संलग्नता देखिएको प्रमाणहरू बाहिर आएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २ चैतबाट जेठ १४ गतेसम्म संघीय संसद्का दुबै सदनमा संसदीय छानबिन विषेश समिति गठनको माग गर्दै अवरोध गरेको थियो ।
त्यसपछि एमाले सांसद थापाको संयोजकत्वमा समिति बनेको हो । १५ गतेको प्रतिनिधि सभा बैठकबाट बनेको समितिको पहिलो बैठक आज बस्न लागेको हो ।
एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान रहेका छन् ।




प्रतिक्रिया