काठमाण्डु – सर्वोच्च अदालतले प्रतिनिधिसभा पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा विरुद्धको मुद्दामा असार १२ गते फैसला सुनाउने भएको छ ।
काभ्रेका अर्जुन लामाको हत्या सम्बन्धी मुद्दामा सर्वोच्चले बुधवार सुनुवाइ सकेर फैसला सुनाउने पेशी तोकेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सकिएसँगै फैसला सुनाउने मिति तोकिएको अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले बताए ।
१२ वर्षअघि अर्थात् २०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले पतिको हत्यामा सापकोटा, सूर्यमान दोङ सहितका माओवादी कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दिएकी थिइन् ।




प्रतिक्रिया