हिमालयन रिइन्स्योरेन्स लिमिटेडले हासिल गर्‍यो अर्को उपलब्धि

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले हासिल गर्‍यो अर्को उपलब्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- हिमालयन रिइन्स्योरेन्स लिमिटेडले एकपछि अर्को उपलब्धि हासिल गर्ने क्रमलाई निरन्तरता दिएको छ ।

भारतको नियमनकारी निकायबाट भारतको पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै विश्व विख्यात पुनर्बीमा कम्पनी जिआइसी रि को पुनर्बीमा ट्रिटीमा हिस्सा प्राप्त गर्न कम्पनी सफल भएको हो ।

स्थापनाको चौथो वर्षमा संचालनमा रहेको निजी श्रेत्रबाट प्रवद्र्धित कम्पनी प्रति जिआइसी रि जस्तो विश्व विख्यात कम्पनीले देखाएको विश्वासले कम्पनीलाई आगामी दिनमा अन्य देशमा समेत व्यवसाय विस्तार गर्न हौसला प्रदान गरेको जनाएको छ ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारत सहित अन्य ३० भन्दा बढी मुलुकहरुमा व्यवसाय विस्तार गर्न सफल भएको छ ।