२ दिनभित्र कार्यविधि बनाउने सहकारी छानबिन समितिको निर्णय

२ दिनभित्र कार्यविधि बनाउने सहकारी छानबिन समितिको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सहकारीको रकम ठगि सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बुधवार बसेको बैठक सकिएको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको समितिको बैठक सकिएको हो ।

उक्त बैठकले दुई दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ । दुई दिनभित्रमा समितिको कार्यविधि बनाएर अर्को बैठकमा पेस गर्ने तयारी सहकारी छानबिन समितिको छ ।

कार्यविधिको मस्यौदा बनाउने जिम्मेवारी समिति सचिवालयलाई दिइएको छ । समितिको पहिलो बैठक सभामुख देवराज घिमिरेसमेतको उपस्थितिमा बसेको थियो ।

बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभाबाट पारित समितिको कार्यादेश, राजनीतिक दलहरूका बीचमा भएको सहमति, कार्यक्षेत्र र अनुसूचीमा समावेश भएका सहकारीको नामावलीसहितको दस्ताबेज समिति सभापति सूर्य थापालाई हस्तान्तरण गरेका थिए ।

सहकारीको बचल अपचलनमा उपप्रधानमन्त्री थतथा गृहमन्त्री रवि लामिछानेको पनि संलग्नता देखिएको प्रमाणहरू बाहिर आएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २ चैतबाट जेठ १४ गतेसम्म संघीय संसद्का दुबै सदनमा संसदीय छानबिन विषेश समिति गठनको माग गर्दै अवरोध गरेको थियो ।

त्यसपछि एमाले सांसद थापाको संयोजकत्वमा समिति बनेको हो । १५ गतेको प्रतिनिधि सभा बैठकबाट बनेको समितिको पहिलो बैठक आज बसेको थियो।

एमाले सांसद सूर्यबहादुरको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान रहेका छन् ।