काठमाण्डु–भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली जाने भएका छन् ।
मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । उनले शनिबार प्रधानमन्त्री पदको सपथ लिदैछन् ।
लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्याट्रिक एलायन्स (एनडीए) २ सय ९३ स्थानमा विजयी भएको छ । प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले २ सय ४० सिट जितेको छ ।
लोक सभा निर्वाचन परिणामपछि मोदीले बुधबार राजीनामा दिएका थिए । उनले आगामी हप्ता नयाँ मन्त्रिपरिषद गठन गर्नेछन् । भाजपा नेतृत्वको एनडीए गठबन्धनको बैठकले मोदीलाई सर्वसम्मतीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा चयन गरेको छ ।
त्यसअघि प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता भएको थियो । प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा शुभकामना व्यक्त गरेका थिए ।
त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो ।




प्रतिक्रिया