यौन दुर्व्यवहार आरोपमा प्रहरी इन्स्पेक्टर पक्राउ

यौन दुर्व्यवहार आरोपमा प्रहरी इन्स्पेक्टर पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– यौन दुर्व्यवहार आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक इन्स्पेक्टर पक्राउ परेका छन् ।

प्रहरी वृत्त स्वयम्भूले नावालिगसँग यौन दुर्व्यवहार गरेको आरोपमा इन्स्पेक्टर बिदुर शिवाकोटीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले घटनाको पुष्टि गर्दै बालिकाको गुनासोपछि इन्स्पेक्टर शिवाकोटीलाई नियन्त्रणमा लिएको बताए ।

‘नियन्त्रणमा लिएर अनुसन्धान सुरू भएको छ, घटनाका विषयमा बुझ्ने काम भइरहेको छ,’ डीआईजी कार्कीले भने । इन्स्पेक्टर शिवाकोटी काडमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहेका छन् ।