काठमाण्डु- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पोखरामा सहकारी पीडितमाथि सरकारले दमन गरेको बताएका छन् ।
बिहीबार केसीले विज्ञप्ति जारी गर्दै पोखरामा सहकारी पीडितमाथि सरकारले दमन गरेको बताउँदै घटनाको विरोध गरेका हुन् ।
जारी विज्ञप्तिमा सहकारी पीडितहरूको प्रदर्शनका क्रममा दमन गर्दा गिरफ्तार गरिएकाहरूलाई अविलम्ब रिहा गर्न तथा घाइतेहरूको उपचारसमेत गर्न सरकारसँग माग गरिएको छ ।
अध्यक्ष केसीले सहकारी पीडितहरूको आन्दोलन जायज रहेको भन्दै सो आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाएका छन् ।




प्रतिक्रिया