सकारात्मक परिवर्नतका लागि विश्व समुदायलाई प्रोत्साहन गर्दै युपीजी

सकारात्मक परिवर्नतका लागि विश्व समुदायलाई प्रोत्साहन गर्दै युपीजी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – युनाइेट पिपुल ग्लोब (युपीजी) विश्वव्यापी परिवर्तनकर्ताहरुसँग निकट भएर काम गर्दै आएको छ । विश्वलाई परिस्तकृत बनाउन र संस्कृतिदेखि क्षमतासम्म आदानप्रदान गर्दै सकारात्मक परिवर्नतका लागि युपीजीले विश्व समुदायलाई प्रोत्साहन गर्दै आएको छ । जसकारण समाजका अगुवाहरु तथा परिवर्तनकर्ताहरुसँग जोडिएर युपीजीले काम गर्दै आएको छ ।

युपीजीले सकारात्मक परिवर्तनको बारेमा समाजका अग्रजहरुलाई जोडेर पारस्परिक सहयोग गर्दै आएको छ । युपीजीले परिवर्तनकर्ताहरुको एउटा नेटवर्क हो । यसले परिवर्तनकर्ताहरूको नेटवर्क सिर्जना गर्दछ, जसका कारण विचार तथा प्रेरणाहरु आदानप्रदान हुने गर्छन् ।

समुदायको यो भावनाले विश्वव्यापी सकारात्मक परिर्वतनमा महत्वपूर्ण प्रभाव पार्न सक्ने युपीजीले विश्वास लिएको छ । युपीजीको साझा उद्देश्य भनेकै र सामूहिक कार्यको प्रवद्धन गर्दै सदस्यहरूसँग सहकार्य गर्ने र साझा लक्ष्य प्राप्तीका लागि एकजुट भएर अघि बढ्ने हो ।

यस्ता प्रयासहरुले प्रभावकारी समस्या समाधानको लागि महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । विश्वव्यापी सञ्जाल मार्फत, युपीजीले व्यक्तिहरूलाई उनीहरूको क्षमता महसुस गर्न र सार्थक परिवर्तनमा योगदान गर्न सम्भव बनाउँदैछ आएको छ ।

जागरुकता, सशिक्तिकरण, शिक्षाका क्षेत्रमा पनि यसले काम गर्दै आएको छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू (एसडीजीएस) र विभिन्न ग्लोबल मुद्दाहरूको बारेमा जागरूकता बढाएर, युपीजीले व्यक्तिहरूलाई दिगो भविष्य सिर्जना गर्नको लागि उनीहरूको भूमिका बुझ्न मद्दत गर्दछ ।

शैक्षिक मुद्दाहरु पनि युपीजीको केन्द्रमा पर्दै आएका छन् । एउटा नेटवर्क बनाएर काम गर्दा ग्लोबल साझेदारी हुने र त्यसले विश्वमै सहयोग आदानप्रदान हुने बताइएको छ ।

अहिले जसरी युपीजीले आफ्नो सञ्जाल बिस्तार गर्दै गइरहेको छ, यसो प्रभाव र पहुँच पनि बिस्तार भइरहेको छ । आगामी दिनहरुमा थप सहकार्य बढाउने, सामुदायिक परियोजनाहरु सहयोग बढाउने युपीजीका भावी योजनाहरु छन् ।