काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री विपिनकुमार आचार्यले आउँदो स्थानीय चुनावमा विदेशमा रहेका नेपालीले मताधिकार पाउने गरी ऐन ल्याउन माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले सरकारसँग संसारभरबाट मतदान गर्न पाउने व्यवस्थाका लागि माग राखेका छन् ।
‘सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यस पटकको स्थानीय निर्वाचनमा संसारभर भएका नेपालीले भोट हाल्नका लागि जे–जे गरिनुपर्छ, त्यसलाई प्राथमिकतामा राखेर आजैबाट यसको काम सुरु गरियोस्,’ उनले भने ।
रास्वपाले विगतका चुनावमा समेत विदेशमा रहेका नेपालीको मताधिकारबारे माग गर्दै आएको छ ।




प्रतिक्रिया