छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला

छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

धनुषाको मिथिला नगरपालिका–१० लालगढ बस्ने सुकमान विश्वकर्माको घरमा काम गरी बस्ने महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगर घर भएका ४५ वर्षीय राकेश परियार मृत अवस्थामा फेला परेका छन् ।

झापाको बाह्रदशी गाउँपालिका–१ नयाँबस्ती बस्ने ८० वर्षीय सुरध्वज राई लक्ष्मीस्थान जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । शनिबार घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा शव फेला परेको छ ।

सिरहाको लहान नगरपालिका–३ बिहारपुरस्थित सडकको कल्भर्टमुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

उनीहरूको मृत्यु सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।