२०७५ सालको ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन’ सार्वजनिक

२०७५ सालको ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वजनिक गरेको छ।

एक जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई हस्तान्तरण गरेको प्रतिवेदन मन्त्रालयले शुक्रबार वेभसाइटमार्फत सार्वजनिक गरेको हो ।

बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले प्रतिवेदनलाई मन्त्रालयको वेवसाइटमा सार्वजनिक गर्न भनेबमोजिम मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको हो ।

मन्त्रिपरिषदको २०७५ असार ३२ को निर्णयबाट तत्कालीन मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले ५ महिना ७ दिन लगाएर विभिन्न ३१ वटा परिच्छेदमा प्रतिवेदनलाई संगठित गरी २०७५ माघ १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन पेस गरेको थियो।

प्रतिवेदनमा ४९९ पृष्ठ छन् । शिक्षा मन्त्री श्रेष्ठले प्रतिवेदनका सकारात्मक र सान्दर्भिक पक्ष कार्यान्वयनमा लैजाने बताएकी छन्।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ