काठमाण्डु – एनसेलले दायर गरेको रिटमाथिको पूर्ण सुनुवाइ जेठ २९ गते हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र सुनिलकुमार पोखरेलको शुक्रवारको इजलासले मुद्दाको पूर्ण सुनुवाइको पेशी २९ गतेलाई तोकेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर एनसेलले दायर गरेको रिटको शीघ्र सुनुवाइ गर्नुपर्ने प्रकृतिको रहेको जनाइएको छ ।
सर्वोच्च अदालतले रिटमा विपक्षीको लिखित जवाफ परिसकेको जनाएको छ ।




प्रतिक्रिया