काठमाण्डु – कागेश्वरी मनोहरा नगरपालिका–५ थली सिङखडागाउँ बस्ने देशमाया लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोकको थकनी घर भई काठमाण्डुको गोकर्णेश्वलर नगरपालिका–५ थली बस्ने ४० वर्षीया सावित्री तामाङ समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३ लाख ८०० रुपैयाँ र १ बुकताससहित पक्राउ गरेको हो । जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया