काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको बताएका छन् ।
एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीको शनिबारदेखि सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले समाजवादको एजेण्डा विना कम्युनिष्ट पार्टीहरू टिक्न नसक्ने बताए ।
उनले भने, ‘अब सबै राजनीतिक दलले समाजवादलाई मुख्य विषय बनाउनुपर्छ ।’
नेता खनालले समाजवादी क्रान्ति अहिलेको आवश्यकता भएको बताउँदै देशको समानुपातिक विकासका लागि समाजवाद अपरिहार्य रहेको बताए ।
समाजवादले आम नागरिकका समस्या र गुनासो सम्बोधन गर्ने तर्क गर्दै उनले संघीय शासन व्यवस्थामा ३ वटै तहका सरकारले समाजवादी कार्यक्रमहरू ल्याएर नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्नुपर्ने बताए ।




प्रतिक्रिया