दिल्ली पुगे प्रधानमन्त्री दाहाल, विदेश मन्त्रालयका कर्मचारीले गरे स्वागत

दिल्ली पुगे प्रधानमन्त्री दाहाल, विदेश मन्त्रालयका कर्मचारीले गरे स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल‘‘प्रचण्ड’ आइतबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका दाहाललाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयको स्पेसल डिउटी महाशाखाका अधिकारीले स्वागत गरेका परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

मोदीले आइतबार (आज) बेलुका सवा ७ बजे राष्ट्रपति भवनमा विशेष समारोहबीच तेस्रो कार्यकालका निम्ति शपथ लिँदै छन् । शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार नै त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम र परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना पनि दिल्ली गएका छन् ।

प्रधानमन्त्री प्रचण्ड सोमबार (भोलि) बेलुका ६ बजे स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।