काठमाण्डु- काठमाण्डुको मख्खनमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
पक्राउ पर्नेमा अध्यक्ष बासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँ छन् । उनीहरुले सात करोड ४० लाखभन्दा बढी रकम अपचलन गरेको पाइएको छ ।




प्रतिक्रिया