भक्तपुर – मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली मनहरास्थित सडकमा गाडीको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
बा५ख ५२५२ नम्बरको जारको पानी बोक्ने निशान गाडीको ठक्करबाट सोही ठाउँ बस्ने दोलखाको शैलुङ गाउँपालिका–६ घर भएका रवि बस्नेतको छोरा ४ वर्षीय युनिक बस्नेतको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
सोही विषयलाई लिएर स्थानीय वासिन्दाले कुटपिट गर्दा घाइते भएका गाडी चालकको नागरिक अस्पताल गठ्ठाघरमा प्रहरीको निग्रानीमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया