पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। पाण्डेले फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिएका सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ लाई मन्त्री बनाउन लागेका हुन् ।
देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री र मनाङेलाई भौतिक पूर्वाधारमन्त्री बनाउन लागिएको हो । बिहान ११ बजे शपथ खुवाउने तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
माओवादी केन्द्रको चुनाव चिह्न हँसिया–हतौडाबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले ह्विप जारी भए पनि फ्लोर क्रस गर्दै मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि मन्त्री पद उपहार पाउने भएका हुन्।
माओवादी चुनाव चिह्नबाट चुनाव लडे पनि देवकोटाले आफू अर्कै पार्टीको सांसद भएको जिकिर गरिरहेका छन् भने फ्लोर क्रस गरेको भनेर माओवादी केन्द्रले कारबाही गर्ने चेतावनी दिइरहेको छ।
मनांगे यसअघिको पाण्डे नेतृत्वको सरमारमा पनि मन्त्री बनेका थिए ।




प्रतिक्रिया