काठमाण्डु–जसपा-नेपालको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । सोमबारदेखि जनकपुरमा सुरु भएको एकता महाअधिवेशनको तेस्रो दिन बुधबार नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो ।
बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको छ । अपराह्न ४ बजेदेखि बेलुकी ८ बजेसम्म मतदान हुने निर्वाचन हुने छ।
महाधिवेशनले २०१ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्ने छ । हाल विधान अनुसार १५१ सदस्यीय केन्द्रीय समिति छ ।
त्यसअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत २०१ सदस्य चयन गर्ने तयारी छ । महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ । सात सचिवमा भने प्रादेशिक क्लस्टरका आधारमा हुनेछ ।
केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव पुनः दोहोरिने सम्भावना छ । अन्य पदमा भने प्रस्ष्पिर्धा हुनेछ । २०६३ मा मधेशी जनअधिकार फोरम गठन भएदेखि नेतृत्वमा रहेका उपेन्द्रले यसपटक पहिलो पटक महाधिवेशनको सामना गर्न लागेका छन् ।
माओवादी केन्द्र परित्याग गरी जसपामा प्रवेश गरेका रामकुमार शर्माले महासचिवमा उम्मेदवारी दिने भएका छन् । उनी महत्वपूर्ण ज्म्मिेवारी पाउने भएपछि मात्रै जसपा, नेपालमा प्रवेश गरेका थिए । शर्मा विगत लामो समयदेखि अध्यक्ष उपेन्द्र यादवसँग निकट मानिन्छन् ।
उनी तत्काल फोरममा यादवसँगै थिए । पछि माओवादीमा गएका थिए । पछिल्लो समय उनी माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग रुष्ट बनेका थिए । जसपा, नेपालको महासचिवमा प्रवक्तासमेत रहेका नेता मनिष सुमनको पनि दाबी छ । यस्तै सह–अध्यक्षमा भने राजकिशोर यादवको दाबी छ ।




प्रतिक्रिया