वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- वैदेशिक रोजगारीको नाममा अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा ई-भिसामा पठाईदिने र त्यहाँ पुगेपछि वर्क भिसा गराईदिन्छु भन्दै प्रलोभनमा पारी आफ्नो बैंक खातामा ५ लाख रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डु बानेश्‍वरबाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डु पठाइएको जनाएको छ ।