काठमाण्डु – झूटा विवरण पेश गरी वंशजको नागरिकता बनाउने ३ जनालाई काठमाण्डु प्रहरीले पक्राउ गरेको छ ।
भारतीय नागरिक हरिओम कुमार र उनका छोराहरू ऋषि गुप्ता र हर्ष गुप्ताले झूटा विवरण दिई वडा कार्यालयबाट सर्जमिन मुचुल्कासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा फाराम बुझाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाण्डु जिल्ला अदालतबाट ५ दिन थुनामा राख्ने अनुमति लिई जिल्ला प्रहरी परिसर काठमाण्डुबाट अनुसन्धान भइरहेको जनाएको छ ।




प्रतिक्रिया