जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ कार्यसमितिमा अध्यक्षबाहेक पदाधिकारी र सदस्य चुन्न आज मतदान हुँदैछ । १२ बजेदेखि ३ बजेसम्म हुने मतदानमा सीमित पदाधिकारीका लागि उल्लेख्य नेताहरूले उम्मेद्वारी दर्ता गराएका छन् ।
अध्यक्षमा वर्तमान अध्यक्ष उपेन्द्र यादवको निर्विरोध निर्वाचित भइसकेका छन् । २०१ सदस्य नयाँ कार्यसमितिका बाँकी पदमा मतदान हुन लागेको हो । जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति कलाकेन्द्रमा जारी जसपा नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनबाट एक सहअध्यक्ष निर्वाचित हुन मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, रकम चेम्जोङ र संघीय सांसद राजकिशोर यादवले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिका अनुसार ५ उपाध्यक्षका लागि २३ जनाले उम्मेदवारी दिएका छन् । त्यसमा १७ पुरुष र ६ महिला छन् । मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, आङ देन्डी शेर्पा, विद्युत बज्राचार्य, अर्जुन थापा, गोविन्द चौधरी, शिवलाल थापामगर, सरोजकुमार यादव, मोहमद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्रप्रसाद कुर्मी, रामबचन अहिर यादव, मानध्वज बलोन, अमरेशनारायण झा, राजन केसी, सुमनकुमार चौधरी, रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापा उम्मेद्वार बनेका छन् ।
दुई महासचिवका लागि बोमबहादुर दरलामी मगर, रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनिषकुमार सुमन र अशोक कुमार यादव उम्मेद्वार बनेका छन् ।
सहमहासचिवमा खुलातर्फ डा. सुरेन्द्रकुमार यादव, रामबाबु प्रसाद यादव, रामकिशोर प्रसाद यादव, राजकुमार राई, योगेन्द्र राई यादव, शैलेन्द्रप्रसाद साह, सुरेशकुमार मण्डल, डा. जयप्रकाश यादव र जयराम यादव तथा महिलातर्फ सीताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादवको उम्मेद्वार बनेका निर्वाचन समितिले जनाएको छ ।
कोषाध्यक्षमा रेणुकुमारी यादव, बलराम महतो र सञ्जयकुमार यादव उम्मेद्वार बनेका छन् भने सचिवमा ३४ जनाले उम्मेद्वार बनेका छन् ।
महाधिवेशनका लागि देशभरबाट एकसय पर्यवेक्षकसहित १ हजार ३४९ प्रतिनिधि छनोट भएका छन् । नयाँ कार्यसमिति चुन्न बुधबार उम्मेद्वारी दर्ता भएको थियो ।




प्रतिक्रिया