सडक विभागको महानिर्देशक फेरेर पोखरेललाई ल्याए महासेठले

सडक विभागको महानिर्देशक फेरेर पोखरेललाई ल्याए महासेठले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासठेले सडक विभागको महानिर्देशक परिवर्तन गरेका छन् । मन्त्री महासेठले रामहरि पोखरेललाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।

पोखरेल विभागको योजना हेर्ने उपमहानिर्देशकमा कार्यरत थिए । पोखरेलले यसअघि विभागको विकास सहायता माहाशाखा प्रमुख भएर पनि काम गरेका थिए ।

विभागका महानिर्देशक सुशीलबाबु ढकाल मन्त्रालयको योजना महाशाखा प्रमुखमा सरुवा गरिएको छ । यस्तै मन्त्रालयका योजना महाशाखा प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर उमेशविन्दु श्रेष्ठलाई सडक विभागको योजना हेर्ने उपमहानिर्देशकमा सरुवा भएका छन् ।

रेल विभागको महानिर्देशकमा हुलाकी राजमार्ग आयोजना प्रमुख अजयकुमार मूल नियुक्त भएका छन् ।

सुपरिटेन्डेन्ट इन्जिनियर रवीन्द्रप्रसाद दासलाई संघीय सुपरीवेक्षण कार्यालय दकमको प्रमुख बनाइएको छ ।