प्रचण्ड र ओलीलाई किन भेटे अशोक राईले ?

प्रचण्ड र ओलीलाई किन भेटे अशोक राईले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा बुधबार भएको भेटवार्तामा राईले आफ्नो पार्टी दर्ताबारे सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाईमा ढिला भएको विषयमा चासो राखेका थिए ।

तीन नेताबीच छलफल चलेकै बेलामा महान्यायाधिवक्ता दीनमणि पोखरेललाई पनि प्रधानमन्त्री दाहालको च्याम्बरमा बोलाइएको थियो । उपेन्द्र यादवबाट अलग भएर राईले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गराएका छन् । तर, यादवले आफ्नो दल विभाजन नै असंवैधानिक भएको भन्दै दल दर्ता खारेजीको माग गरेर सर्वोच्चमा रिट दायर गरेका छन् ।

रिटमाथि निरन्तर सुनुवाई भएर अहिले पूर्ण इजालासले टुँगो लगाउने भनिएको छ । राईले अदालतबाट दल दर्ताविरुद्ध परेको रिटमाथि सुनुवाई भएर आदेश आउन ढिला भएपछि पार्टी गतिविधि गर्न पाएका छैनन् ।

राईको दलबाट अहिले प्रदीप यादव र नवलकिशोर साहु सुँडी सरकारमा छन् ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको भेटवार्तामा मन्त्रिपरिषद् पूनर्गठनको विषयमा पनि छलफल भएको बुझिएको छ । प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्ति पार्टी, जसपा र जनमतलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।