अवकाशको एक दिन अघि पनि न्यायाधीश नियुक्त गर्न आनन्दमोहन भट्टराईको सक्रियता

अवकाशको एक दिन अघि पनि न्यायाधीश नियुक्त गर्न आनन्दमोहन भट्टराईको सक्रियता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश डा. आनन्दमोहन भट्टराईले न्यायधीश नियुक्त गर्ने प्रयास गरेका छन् । न्यायाधीश भट्टराईले भोलीबाट अवकाश पाउंदैछन् ।आफ्ना विश्वासपात्रलाई सर्वोच्चको न्यायाधीशका सिफारिस गर्न उनले सक्रियता देखाएको सर्वोच्च स्रोतले बतायो ।

बरिष्ठ न्यायाधीशको हैसियतमा न्यायपरिषद सदस्य रहेका भट्टराई आफ्नो अन्तिम दिन कांग्रेसनिकट आफ्ना विश्वासपात्र न्यायाधीशहरु श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्चको न्यायाधीशका सिफारिस गर्ने प्रयास जारी राखेका छन् ।

पौडेल उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश हुन् र थापा उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश हुन् । हिजो दिउँसो ३ बजे देखी झण्डै ३ घण्टा बसेको न्यायापरिषदको बैठक सहमति जुट्न नसकेपछि बैठक आज १ बजेका लागि बोलाइएको छ ।

भट्टराईले कांग्रेसनिकट आफ्ना विश्वासपात्रलाई लैजाने प्रयास गरेपछि परिषद सदस्यहरुबीच नै मतभेद भएको स्रोतले जनाएको छ । कांग्रेस नेता र संसदीय सुनुवाइ विशेष समितिका सदस्य रमेश लेखकका आफन्त नित्यानन्द पाण्डेलाई लैजानका लागि पनि भट्टराई लागेका थिए ।

बरिष्ठताअनुसार सिफारिस गर्ने हो भने अहिले पहिलो नम्बरमा नृपध्वज निरौला त्यसपछि रमेशप्रसाद राजभण्डारी छन् । कार्यसम्पादनका आधारमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर छन् ।

सर्वोच्च अदालतमा अहिले ३ जना न्यायाधीशको पद रिक्त छ । यही असार १ मा दोस्रो बरियताका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले पनि उमेर हदका कारण अवकाश पाउने हुँदा त्यसपछि ४ न्यायाधीशको पद रिक्त हुनेछ । कात्तिकसम्म थप २ जना न्यायाधीशले अवकाश पाउनेछन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज २० मा र कात्तिक ४ गते अर्का न्यायाधीश प्रकाशकुमार ढुंगानाले अवकाश पाउनेछन्।

यसअघि ६ जना न्यायाधीश नियुक्त गर्दा ४ जना उच्च अदालतबाट ल्याइएका थिए भने २ जना कानुन व्यवसायीबाट ल्याइएका थिए । कानुन व्यवसायीबाट ल्याइएकामध्ये सुनिल पोखरेल कांग्रेसका हुन्। अर्का न्यायाधीश बालकृष्ण ढकाल एमालेनिकट हुन् ।

सर्वोच्चमा नियुक्तिका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी, विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र महान्यायाधीवक्ता दिनमणि पोखरेलको चर्चा छ ।