प्रधानमन्त्रीले बजेटमा आफूले गरेका प्रतिबद्धता र घोषणा समेट्न सकेनन् : जनार्दन शर्मा

प्रधानमन्त्रीले बजेटमा आफूले गरेका प्रतिबद्धता र घोषणा समेट्न सकेनन् : जनार्दन शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक वर्षको बजेटमा आफ्ना प्रतिबद्धता र घोषणा समेट्न नसकेको बताएका छन् । आफ्नै पार्टी अध्यक्षसमेत रहेका दाहालबारे शुक्रबारको प्रतिनिधिसभा बैठकमा टिप्पणी गर्दै उपमहासचिव शर्माले गत वर्ष आगामी वर्षको बजेट नयाँ ढंगबबाट आउँछ भनेर गरेको प्रतिबद्धता र घोषणा कार्यान्वयन नभएको बताए।

शुक्रबार वन तथा वातावरण, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिएका शर्माले प्रिबजेटमा नै बजेटलाई प्राथमिकता दिएर छलफल गर्ने र छलफलबाट आएका सुझावका आधारमा बजेट निर्माण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता प्रतिबद्धतामै सीमित भएको बताए । गत वर्ष प्रधानमन्त्रीको कुराले उत्साहित बनेका संसदहरू अहिले हेरेको हे¥यौ भएको पनि शर्माको टिप्पणी थियो ।

आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्रीको घोषणा अनुसार अघि बढ्न नसकेको दाबी गर्दै शर्माले सरकारले बजेट निर्माणको विषयमा गम्भीर समीक्षा गर्न जरुरी रहेको बताए।

बजेटले नयाँ प्रगति गर्न नसक्ने शर्माको दाबी छ। ‘प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्षमा आगामी वर्षको बजेट नयाँ ढंगले बजेट प्रस्तुत गर्ने प्रतिवद्धता र घोषणा भएको थियो। प्रिबजेटमा नै बजेटलाई प्राथमिकता दिएर छलफल गर्ने र छलफलबाट आएका सुझावका आधारमा बजेट निर्माण गर्ने कुराले उत्साहका साथ लिएका थियौं। बजेटमा प्रधानमन्त्रीको घोषणा अनुसार अघि बढ्न सकेन,’ शर्माले भने ।

सरकारले निर्माण गर्ने बजेट पुरानै अवस्थामा रहेको भन्दै सुधार गर्न आवश्यक रहेको सुझाव दिए । बजेट प्रस्तुतपछि संसदमा बजेटका विषयमा भएका छलफलको औचित्य र आवश्यकता नभएको शर्माको भनाइ थियो ।

संघीयताको उपहास हुने गरी २५ हजारदेखि १ लाख रुपैयाँका योजनाहरू संघीय संसदमा प्रस्तुत नगर्न मन्त्रीहरूलाई आग्रह गर्दै शर्माले बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय सरकार पनि छ भन्ने कुरा नर्बिसन सुझाए । सरकारले २५ हजार देखि १ लाखका योजनाहरू संसदमा प्रस्तुत गरेर संघीयताको उपहास गरिरहेको आरोप लगाए।

वर्तमान सरकारले ल्याएको बजेटले परिणाम दिन नसक्ने उल्लेख गरे।