महाधिवेशनको पूर्वसन्धयामा नेकपा एसको यस्तो छ अपानी

महाधिवेशनको पूर्वसन्धयामा नेकपा एसको यस्तो छ अपानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पार्टीको दशौं महाधिवेशनको पूर्वसन्धयामा नेकपा एसले अन्तर पार्टी निर्देशन–१४ (अपानी) जारी गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालले दशौं महाधिवेशनबाट कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने जिम्मेवारी आफ्नो पार्टीको भएको जिकिर निर्देशनमा गरेका छन् ।

अपानीमा नेपालले लेखेका छन्, ‘हाम्रो विद्रोहले नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको एउटा चुनौतीपूर्ण ऐतिहासिक अभिभारा बोकेका छ । दक्षिणपन्थी यथास्थितिवादबाट मुक्त गर्दै समाजवादको दिशामा सम्पूर्ण कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरूलाई गोलबन्द गर्नु र कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने असाधारण जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’
पार्टीका हरेक सदस्यले आ–आफ्नो कार्यक्षेत्रमा आजका अनेकन समस्या र चुनौतीहरूको सामना गर्दै सिङ्गो कम्युनिष्ट आन्दोलनलाई सही कार्यदिशाका आधारमा एकताबद्ध बनाउने र नेपालमा समाजवादको भविष्यलाई सुनिश्चित गर्न आफैंले कबुल गरेका प्रतिवद्धता भएको उनले उल्लेख गरेका छन् ।

‘अहिले हामी महाधिवेशनबाट विद्रोहको आवश्यकता र हाम्रा प्रयासहरूको समीक्षा तथा विद्रोह गर्दा नै अवलम्बन गरिएका समाजवादी लक्ष्य, कार्यदिशा र नीतिको अनुमोदन गर्दै नेपाली विशेषताको समाजवादी कार्यक्रम निर्माण गर्ने बिन्दुमा आइपुगेका छौँ । उल्लिखित ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्ने यस समयले हामी सबैबाट अझ बढी धैर्यता, दूरदृष्टि, दृढता र एकताको माग गरेको छ,’ अपानीमा भनिएको छ ।

यसैबीच केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सदस्यहरू आयोजकको हैसियतमा स्वतः राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुने भएका छन् ।
महाधिवेशनमा सबै नेताहरू वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने भनिएपनि अन्तिम समयमा आएर केन्द्रीय सदस्य र केन्द्रीय आयोगका सदस्य आयोजकको हैसियतमा स्वतः महाधिवेशन प्रतिनिधि हुने निर्णय गरेको हो ।

अध्यक्ष नेपालले जारी गरेको अपानीमा भनिएको छ, ‘संगठित पार्टी सदस्यता प्राप्त मिति पूर्ववत पार्टीमा संगठित सदस्यता प्राप्त गरेको मितिदेखिकै गणना हुनेछ । योग्यता नपुगेको व्यक्ति प्रतिनिधिमा छनोट भएमा प्रतिनिधि रद्द हुनेछ ।’

पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।