काठमाण्डु – सरकारले बक्र ईद (उल–अजहा) पर्वका अवसरमा असार ३ गते सोमबार सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मालम्बीको पर्व बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सूचनामार्फत जनाएका छन् ।
गृह मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘इस्लाम धर्मालम्बीको पर्व बक्र ईद (उल–अजहा)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’





प्रतिक्रिया