गोरखा- उत्तरी गोरखामा स्थापित बोर्डर आउटपोस्ट (बिओपी)को टोली र चिनियाँ सुरक्षाकर्मीको टोलीले पहिलो पटक संयुक्त सुरक्षागस्ती गरेको छ ।
गोरखाको चुमनुब्री गाउँपालिका–१ को साम्दोमा स्थापित बिओपीमा खटिएका सशस्त्र प्रहरीको टोली र चिनियाँ प्रहरी टोलीले शुक्रबार पहिलो पटक संयुक्त गस्ती गरेको हो ।
दुवैतर्फका सीमा सुरक्षा प्रहरीका इञ्चार्ज इन्स्पेक्टर नेतृत्वको टोलीले संयुक्त गस्ती गरेको हो । उनीहरूले रुइला भञ्ज्याङस्थित ३५ नम्बर सीमास्तम्भ आसपास गस्ती गरेका हुन् । रुइलाभञ्ज्याङ दुई देश बीच आवतजावत गर्ने मौसमी नाका हो । सो नाका विगत पाँच वर्षदेखि बन्द छ ।
गस्तीका क्रममा दुवैतर्फका सुरक्षाकर्मीका बीच अनौपचारिक छलफल कार्यक्रम पनि भएको थियो । कार्यक्रममा सीमा क्षेत्रमा अवाञ्छित गतिविधि गर्न पूर्णरूपमा निषेध गर्ने समझदारी बनेको सशस्त्रका डीएसपी सुमन बोगटीले जानकारी दिए । सीमा सुरक्षाका लागि सरकारले जेठ १३ गते साम्दोमा बिओपी स्थापना गरेको थियो ।




प्रतिक्रिया