करीब ३० किलोग्राम गाँजा बरामद

करीब ३० किलोग्राम गाँजा बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा – जिल्लाको जिराभवानी गाउँपालिका–१ बैरीया खोलाबाट प्रहरीले अवैध लागूऔषध गाँजा करीब २० किलोग्राम बरामद गरेको छ ।

प्रहरी चौकी महादेवपट्टीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ बीआर २२ वाइ ६३४९ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चानत प्रहरीले मोटरसाइकलमा रहेको बोराबाट गाँजा फेला पारी बरामद गरेको छ ।

यसैगरी पर्साको जिराभवानी गाउँपालिका–४ एकहवा गाछीबाट अवैध लागूऔषध गाँजा करीब १० किलोग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट सुपौली र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको संयुक्त गस्ती टोलीलाई देख्नासाथ बोरा फाली अपरिचित व्यक्ति फरार भएपश्चात बोरा तलासी गर्दा गाँजा फेला पारी बरामद गरिएको छ ।

प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।