कोशी प्रदेशमा भोलि बिदा

कोशी प्रदेशमा भोलि बिदा


विराटनगर-कोशी प्रदेश सरकारले धिमाल जातिको प्रमुख पर्वका अवसरमा आइतबार बिदा दिन निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले धिमालका लागि मात्रै बिदा दिने निर्णय लिएको हो । धिमाल जातिले आफ्नो प्रमुख पर्व जातिरी/सिरिजात मनाउँदै छन् ।

पर्वका अवसरमा प्रदेशभरिका धिमाललाई लक्षित गरी बिदा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले बताए ।