काठमाण्डु – कास्की र सप्तरीमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरपालिका–९ प्रदर्शनी केन्द्रस्थित सडकमा ग१क ५३२० नम्बरको ट्रकको ठक्करबाट पोखरा महानगरपालिका–३२ खोला छेउ बस्ने २९ वर्षीय सागर तिवारीको शनिबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको कंचनरूप नगरपालिका–१ बरमझियास्थित सडकमा काकरभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४१४१ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१ बैरवा बस्ने २७ वर्षीय उमेश मुखियाको शनिबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा थप उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया