काठमाण्डु- प्रतिनिधिसभा र राष्ट्रियसभामा दुई वटा नयाँ विधेयक दर्ता गरिएको छ । आइतबार ऊर्जा मन्त्रालयले दुई विधेयक संसद्मा दर्ता गरेको हो ।
जसअनुसार जलस्रोत सम्बन्धी प्रचलित कानुननाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । त्यस्तै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ ।




प्रतिक्रिया