राष्ट्रपति पौडेलले गरे बर्लिनको पर्खाल अवलोकन

राष्ट्रपति पौडेलले गरे बर्लिनको पर्खाल अवलोकन


काठमाण्डु – जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाल लगायतका ऐतिहासिक स्थल अवलोकन गरेका छन्।

राष्ट्रपति पौडेलले सोमबार बर्लिनको पर्खाल अवलोकन गरेको उनको सचिवालयले जनाएको छ।

स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका थिए।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच वर्लिनमा सोमबार नै भेटवार्ता हुने कार्यक्रम छ।
राष्ट्रपति पौडेल ५ असारमा स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।