सरकार सुरक्षित छैन : महासचिव विप्लव

सरकार सुरक्षित छैन : महासचिव विप्लव


काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेट सरकारमै बसेको पार्टी र आफ्नै पार्टीका मन्त्रीले समेत ठीक छैन भन्नु सरकार सुरक्षित नरहेको बताएका छन् ।

सोमबार शहीद तथा बेपत्ता परिवारले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री प्रचण्डलाई ५ वर्ष एकलौटी सरकार चलाउन दियो भने अहिलेभन्दा राम्रोसँग काम गर्ने बताए ।

उनले भने, ‘प्रचण्डलाई ५ वर्ष एकलौटी सरकार चलाउन दियो भने अहिलेको भन्दा राम्रोसँग चल्छ । उहाँलाई काम गर्न दिइएको छैन । एउटा रणनीति बनाएर दिनोस् । उहाँलाई साँझ बिहानै कुर्सी बचाउन ठिक्क छ । पख दिउँला खालास् भन्ने बाहेक केही गर्न पाएका छैनन् । तैपनि उहाँलाई तनाव छ । अर्थमन्त्रीले बजेट ल्याएका छन् । सरकारमै बसेको पार्टीले पनि ठीक छैन भनेको छ । हुँदाहुँदै आफ्नै पार्टीका मन्त्रीले समेत ठीक छैन भनेको छ । यस्तो तरिकाबाट कसरी चल्छ ?’