वर्तमान सरकारको भविष्यबारे चिन्ता गर्नुपर्ने अवस्था छैन : महासचिव पोखरेल

वर्तमान सरकारको भविष्यबारे चिन्ता गर्नुपर्ने अवस्था छैन : महासचिव पोखरेल


धादिङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको भविष्यबारे चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल धादिङले सत्ता समीकरणमा रहेका एमाले लगायतका सबै दल सरकारलाई निरन्तरता दिने पक्षमा रहेको उनले बताए ।

सोमबार आयोजना गरेको पत्रकार भेटघाटका क्रममा महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन एमालेले सरकारलाई निरन्तरता दिने धारणा राखे । उनले भने, ‘वर्तमान समीकरणबाट मुलुकलाई सकारात्मक दिशामा अघि बढाउन सकिन्छ भन्ने हाम्रो प्रयास हो । त्यहीअन्तर्गत नयाँ समीकरण बनायौं, अहिले पनि हामी यो समीकरणको निरन्तरताका पक्षमा छौं ।’

एमाले जिल्ला कमिटी धादिङको ३ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न धादिङबेंसी आइपुगेका छन् ।