बारामा २७० किलोग्राम गाँजासहित १ जना पक्राउ

बारामा २७० किलोग्राम गाँजासहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा – प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जबाट अवैध लागूऔषध गाँजा २७० किलोग्रामसहित १ जनालाई पक्राउ गरेको छ ।
भारतको रामगढवा ग्राम धनारदिउली बस्ने १९ वर्षीय अन्तोस कुमार गिरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको एनएल ०१ एन ३०६३  नम्बरको ट्रकलाई जाँच गर्दा ट्रकको क्याबिनमा बनाएको फल्स बट्मभित्र २७ वटा प्याकेटमा लुकाइछिपाई राखेको गाँजा फेला पारी ट्रक चालकलाई पक्राउ गरेको छ ।
गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।