जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ


झापा – जिल्लाको शिवसताक्षी नगरपालिका–९ दुधेस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६२ हजार ७७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।