नेपाल फर्केपछि खुलाए कप्तान रोहितले अन्तिम दुई खेलमा हार्नुको कारण

नेपाल फर्केपछि खुलाए कप्तान रोहितले अन्तिम दुई खेलमा हार्नुको कारण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी-२० विश्वकपबारे मुख खोलेका छन् । टी-२० विश्वकपमा सहभागि भएर नेपाली टोली स्वदेश फर्किएको छ ।

आज पत्रकार सम्मेलनमार्फत कप्तान पौडेलल अमेरिका र वेस्ट इन्डिजको पीच ब्याटिङका लागि च्यालेन्जिङ भएको बताए । कप्तान रोहितले अन्तिम दुई खेलमा सानो लक्ष्यमा हार्नुको कारण पिचको अवस्था भएको बताए ।

‘अन्तिम दुई खेलमा सानो लक्ष्यमा हार्नुको कारण हामीमा एक्सपेरियन्सभन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो’, रोहितले भने।

नेपालले दक्षिण अफ्रिकासँग एक सय १६ र बंगलादेशसँग एक सय ७ रनको लक्ष्य पाएर पनि जित्न सकेको थिएन । जुन १४ मा दक्षिण अफ्रिकासँगको रोमान्चक खेलमा १ रनले पराजित भएसँगै नेपाली टोली विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो। समूह चरणको त्यस्तै अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएसँगै विश्वकप यात्राको अन्त्य भएपछि नेपाली टोली स्वदेश फर्किएको हो ।