काठमाण्डु- बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ । बिहीबार साँझ साढे ६ बजेतिर डेल्टा मार्टमा आगो लागेको हो ।
बुटवल उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो निभाइएको छ । डेल्टा मार्टमा स्टेशनरी सामग्री, कपडा, स्कुल कलेजका तयारी पोशाक, जुत्ता र खेलकुदका सामानको थोक र फुटकर बिक्री हुने गरेको छ ।




प्रतिक्रिया