कांग्रेसको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

कांग्रेसको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक आईतबारसम्म स्थगित भएको छ ।

सरकारले ल्याएको बजेट असन्तुलित भएको आरोप लगाउँदै कांग्रेसले लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

कांग्रेसले बैठक अवरुद्ध गरेपछि सहमतिका लागि सभामुख तुलाराम घर्तीले सबै दललाई राखेर छलफल गरे पनि कुनै सहमति नभएको कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले जानकारी दिए ।

शुक्रवार सुरुमै कांग्रेसको अवरोधपछि आधा घण्टाका लागि स्थगित भएको बैठक दलहरूबीच सहमति नजुटेपछि असार ९ गतेसम्मका लागि स्थगित भएको छ ।