आज राति यी स्थानमा भारी वर्षा हुने

आज राति यी स्थानमा भारी वर्षा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

शुक्रबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले शुक्रबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली, लुम्बिनी प्रदेश लगायत पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ ।

गण्डकी प्रदेशका केही स्थान, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा देशका बाँकी भूभागका १/२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

शुक्रबार राति काठमाण्डु उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।