काठमाण्डु- झापाको मेचीनगर नगरपालिका–१५ मा आज मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
मेचीनगर-१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो । मोटरसाइलकमा तीन जना सवार थिए ।




प्रतिक्रिया